पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको पिप्लेमा बस र ट्रक आपसमा ठोक्किाँ तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना ६ ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको हो।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया