छापा खबर


भक्तपुरका होटलमा यौन कार्यमा संलग्न भइरहेका बेला समातिए ८ जोडी

भक्तपुरका होटलमा यौन कार्यमा संलग्न भइरहेका बेला समातिए ८ जोडी

नेपालखबर
फागुन १८, २०७६ आइतबार ०:३४,

भक्तपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीले ती स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

अनैतिक कार्य भइरहेको सूचनाका आधारमा छापा मारेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ।

जोशीका अनुसार, पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए-वान र थकाली खानाघरबाट उनीहरूलाई प्रहरीले नियन्त्रण लिएको हो। यो खबर आजको नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन्।

नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरुलाई प्रहरी सामाजिक मनोपरार्मश समेत दिइने भएको छ। उनीहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad