छापा खबर


गुमनाम भए सिके राउत, यतिबेला के गर्दै छन् उनी?

गुमनाम भए सिके राउत, यतिबेला के गर्दै छन् उनी?

नेपालखबर
फागुन १८, २०७६ आइतबार ०:२८,

पृथकतावादी धारको राजनीति त्यागेका डा.सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौँ मित्रपार्कस्थित सम्पर्क कार्यालयमा ताला झुण्डिएको छ।

दुई महिनादेखि सम्पर्क कार्यालय खुलेको छैन।

जनमत पार्टीका नेता कार्यकर्ता पनि सम्पर्क कार्यालय आसपास मात्रै होइन, काठमाडौँमा पनि देखिँदैनन्। कहाँ छन् त उनीहरु?

डा.राउतसँगै जनमत पार्टीका सबै केन्द्रीय नेता जिल्ला दौडाहामा छन्।

आजको नयाँ पत्रिका दैनिकमा नवीन झाले लेखेको समाचारअनुसार पुस पहिलो सातादेखि फागुन दोस्रो सातासम्म तराई मधेशका ३० स्थानमा आमसभा गरेका छन्।

यो साताभित्र थप चार ठाउँमा आमसभा गर्दैछन्।

२०६४ को संविधानसभा निर्वाचनसँगै उनले मधेशतिर ध्यान दिन थालेका थिए।

राउत ०७१ भदौमा मोरङबाट पक्राउ परे, त्यतिखेर एकाएक चर्चामा आए। त्यसपछि पटकपटक पक्राउ पर्ने र रिहा हुने क्रम चल्यो।

जेलमा रहेकै बेला सरकारसँग सम्झौता गरेका राउत त्यसपछि भने चर्चा बाहिर छन्, तराई मधेशका गाउँतिरै।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad