छापा खबर


त्रिवि परिसरमै छात्राहरुमाथि हुन्छ यस्ताेसम्म अश्लील हर्कत

त्रिवि परिसरमै छात्राहरुमाथि हुन्छ यस्ताेसम्म अश्लील हर्कत

नेपालखबर
फागुन १८, २०७६ आइतबार ३:६,

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागमा अध्ययनरत गरिमा घरबाट निस्कने वेला सधैँ हच्किन्छिन्।

विश्वविद्यालय परिसरमै विगत ६ महीनामा तीन पटक फरक फरक पुरुषबाट यौन दुव्र्यवहारको सामना गरेकी उनलाई फेरि त्यस्तै होला कि भन्ने त्रासले सताइरहन्छ।

विश्वविद्यालय परिसरको घडी भवनदेखि तीनकुने जाने बाटोमा दिउँसो ३/४ बजेतिर अपरिचित व्यक्तिबाट उनले एक्लै दुई पटक र साथीसँग एकपटक दुव्र्यवहार भोग्नुपर्यो।

यो खबर आजको हिमाल साप्ताहिकमा नुनुता राईले लेखेकी छन्। ‘ती पुरुषहरु हामीतिर हेर्दै हस्तमैथुन गरिरहेका थिए,’ उनले भनिन्।

यो समस्या उनी एक्लैको होइन, त्रिविमा पढ्ने धेरै छात्राले विश्वविद्यालय हातामा यस्तो अश्लील हर्कत भोग्दै आएका छन्।

विश्वविद्यालय परिसरमा बाक्ला रुख, विरुवा र झाडी पनि छन्।

तर, भवनहरु भएका र मानिसहरुको आवतजावत भइरहने क्षेत्रमा समेत यौन दुव्र्यवहारका घटना बारम्बार भइरहँदा विद्यार्थी आतंकित बनेका छन्।

रश्मिलाले पनि घडी भवन पछाडिको बाटोमा हिँड्दै गर्दा ३५/४० वर्षीय पुरुषबाट अश्लील हर्कतको समाना गर्नुपर्यो।

त्यसअघि पनि विश्वविद्यालय हातामै एक जनाले यौनाङ्ग देखाउन खोज्दा उनी भागेकी थिइन्।

आफूहरुले भोगिरहेको यौन दुव्र्यवहारबारे पटकपटक जानकारी गराए पनि विश्वविद्यालय प्रशासन गम्भीर नबनेको पीडित छात्राहरुको गुनासो छ।

विश्वविद्यालय परिसरमै छात्राहरुलाई सुरक्षा दिन असफल क्याम्पस प्रशासनले निगरानीको बहानामा सीसीटीभी राख्ने तयारी गरेको छ।

तर, विश्वविद्यालय क्षेत्रभित्र प्रहरी खटाउने र सीसीटीभी राखेर निगरानी गर्ने तयारी गरिँदा विरोध भने विद्यार्थीबाटै भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad