छापा खबर


पत्नीसँग पारपाचुके गर्दै बेलायतका ५५ वर्षीय प्रधानमन्त्रीले गरे ३१ वर्षीया गर्लफ्रेन्डसँग इन्गेजमेन्ट

पत्नीसँग पारपाचुके गर्दै बेलायतका ५५ वर्षीय प्रधानमन्त्रीले गरे ३१ वर्षीया गर्लफ्रेन्डसँग इन्गेजमेन्ट

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ०:५७,

बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्।

उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन्।

यो घोषणासँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा बिहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।

जोनसनको पत्नी भारतीय मूलकी मारिना ह्विल हुन्। उनीहरूको सम्बन्ध विच्छेदको अवस्थाम अन्तिम चरणमा पुगेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन र उनकी गर्नफ्रेन्ड ३१ वर्षीया साइमन्ड २०१९ जुलाईदेखि डाउनिङ स्ट्रिटमा बसिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad