छापा खबर


चीनबाट ल्याइएका विद्यार्थीलाई सोझै क्वारेन्टाइन लगियो, अब लीलामणिलाई के गरिन्छ?

चीनबाट ल्याइएका विद्यार्थीलाई सोझै क्वारेन्टाइन लगियो, अब लीलामणिलाई के गरिन्छ?

नेपालखबर
फागुन २८, २०७६ बुधबार ३:२७,

सरकारले कोरोना त्रासका कारण चीनबाट स्वदेश फर्काइएका विद्यार्थीलाई साझै खरिपाटी क्वारेन्टाइनमा राख्यो।

मात्रै एउटा उडान गरेर फर्किएका चालक दलका सदस्यहरूलाई पनि नगरकोटमा अलग्गै बसाइयो।

सरकारले उता पढिरहेका आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै त्यसो गर्‍याे। अर्काे राम्रो पक्ष के भने कसैलमा पनि त्यस्तो रोग फेला परेन।

अब अर्काे प्रश्न उठ्छ– सवा ३ वर्षदेखि चीनमा राजदूत रहेका लीलामणि पौडेल चैतको दोस्रो साता घर फर्किंदा के हुन्छ?

उनी त्यहाँको सरकारी अधिकारीसँग बिदाइ भेट गर्ने, बोरिया बिस्तर कस्ने काममा जुटेका छन्। यो खबर आज फागुन २८ बुधबारको जनआस्था साप्ताहिकले छापेको छ।

त्रिभुवन विमानस्थलमा विदेशमा आएका हरेकको मिहिन पाराले अध्ययन हुन्छ, स्वास्थ्य जाँच गरिन्छ, शंकास्पदलाई टेकु अस्पताल र क्वारेन्टाइनमा राखिन्छ। तर लीलामणिलाई के गरिन्छ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .