छापा खबर


बालुवाटार जग्गा प्रकरण : यी हुन् जेल चलान हुने पहिलो प्रतिवादी

बालुवाटार जग्गा प्रकरण : यी हुन् जेल चलान हुने पहिलो प्रतिवादी

नेपालखबर
चैत ४, २०७६ मंगलबार १:१३,

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दामा तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल जेल चलान भएका छन्।

विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र चन्द्रबहादुर सारूको सोमाबारको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शिल्पा कर्णले लेखेकी छन्।

ललितानिवास प्रकरणमा अदालतमा उपस्थित हुने पौडेल नै पहिलो प्रतिवादी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ माघमा एक सय ७५ विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतमा आफैँ उपस्थित भएका पौडेलले सरकारको निर्णय कार्यान्वयन गरेको भन्दै साधारण तारेखमा छाडिदिन माग गरेका थिए । तर, अदालतले पुर्पक्षमा राख्नुपर्ने आदेश दिएको हो।

गम्भीर मुद्दाका प्रतिवादीलाई थुनामै राखेर मुद्दा अघि बढाइन्छ । मुद्दामा अख्तियारको तर्फबाट विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शंकर खत्रीलगायतले बहस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad