समाज


बालिकामाथि घरमै चितुवाको आक्रमण, होहल्ला गरेपछि जोगियो ज्यान

बालिकामाथि घरमै चितुवाको आक्रमण, होहल्ला गरेपछि जोगियो ज्यान

नेपालखबर
चैत ४, २०७६ मंगलबार १:२४,

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बनकेवामा एक बालिका घाइते भएकी छन्।

घाइते हुनेमा स्थानीय नारायण न्यौपानेकी २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो।

‘छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ’, प्रहरी निरीक्षक रेग्मीले भने, ‘होहल्लापछि थप घटना हुन पाएन।’

आक्रमणबाट बालिकाको पेटमा चोट लागेको छ। उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।

गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए।

जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन्। भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ।

बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन्।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ। हालसम्म जिल्लामा सात चितुवा नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad