छापा खबर


महावीर पुनको आविष्कार केन्द्रमा यसरी उत्पादन भइरहेकाे छ काेराेना उपचारमा प्रयोग हुने सामग्री

महावीर पुनको आविष्कार केन्द्रमा यसरी उत्पादन भइरहेकाे छ काेराेना उपचारमा प्रयोग हुने सामग्री

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १:३२,

कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ।

विदेशबाट आयात गर्नुभन्दा आफ्नै देशमा बनाउँदा सस्तो पर्ने भएकाले यस्तो महामारीको अवस्थामा पनि गत डेढ महिनादेखि केन्द्रका इन्जिनियरहरू काममा खटिरहेका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

महावीर पुनको संयोजकत्वमा निर्माणमा जुटेका आविष्कार केन्द्रका अभिनव प्रबन्धक ण्इनोभेसन म्यानेजर) सुनिल बानियाँले भने, ‘यस्तो महामारीको समयमा नेपाल र जनताको रक्षामा केही सहयोग पु¥याउने सोचाइले यस्ता सरसामन बनाउन जुटेका हौँ।’

उनले भने, ‘कोरोनाको महामारी भएपछि मास्कको निर्माणमा जुट्यौँ भने त्यसलगत्तै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को माग बढी भएकाले त्यसैमा केन्द्रित भयौँ, अहिले बिरामीको थ्रोट स्वाब लिन कोरोना बुथसँगै अटोमेटिक भेन्टिलेटर तथा रोबोट बनाइसकेका छौँ।’

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले नेपालमै पाइने कच्चा पदार्थले पीपीई बनाएको जानकारी दिए। ‘पहिलो पटक तीनवटा निर्माण गरेर त्यसको मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालालाई देखाएका थियौँ । उहाँले यतिसम्मको ठीकै हुन्छ भनेपछि बनाउन थालेका हौँ,’ उनले भने।

विश्व स्वास्थ्य सङ्गठनले दिएको मापदण्डअनुसार नै पीपीई बनाउन सुरु गरेको उनले बताए। हालसम्म ५८ सयभन्दा बढी पीपीई वितरण गरिसकेको जानकारी उनले दिए।

आविष्कार केन्द्रका इन्जिनियरहरूले पीपीईबाहेक श्वास फेर्न मिल्ने ‘अटोमेटिक रेस्क्युरेलेटर’ पनि बनाइसकेका छन्। ‘अटोमेटिक रेस्क्युरेलेटर’ले अस्पतालमा बिरामीलाई श्वास फेर्न सजिलो बनाउँछ भने एम्बुलेन्समा पनि बिरामीलाई राखेर लैजान सहज बनाउने पुनले बताए।

कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आवश्यक उपकरणहरू एकपछि अर्को बनाउने प्रयास भइरहेको छ।

आइसोलेसन सेन्टरमा रहेका मानिसलाई खाना पु¥याउने रक्षा ७७ नामक रोबोटको विकास गरी छाउनी सैनिक अस्पताललाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै बानियाँले अर्को रोबोट बनाउने तयारीमा रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad