छापा खबर


तराईबाट रातारात काठमाडौँ आउनेको संख्या बढ्यो

तराईबाट रातारात काठमाडौँ आउनेको संख्या बढ्यो

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १:३,

कोरोनाका कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ।

यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको खबर आजको गोरखापत्र दैनिकमा देवबादुर कुँवरले लेखेका छन्।

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ जिल्लामा उच्च सतर्कता अपनाइएको बताए।

केही दिन यता सवारी चाप बढेको छ, यसको व्यवस्थापन भइरहेको उनले बताए। प्रजिअ दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयुक्त सुरक्षा टोलीले काठमाडौँं जिल्लाका विभिन्न क्षेत्रमा स्थलगत अवलोकन ग¥यो।

बन्दाबन्दीमा कडाइ गर्दा पनि सडकमा सवारी चाप बाक्लो देखिन थालेपछि नागरिकको दैनिक जीवन सहज, सुरक्षा व्यवस्था र भावी रणनीति तयार गर्न संयुक्त अवलोकन गरिएको ढकालले बताए।

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ।

कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ। केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए।

सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ।

यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ।

त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महाशाखा प्रमुख ढकालले दिए। निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ।

खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिनेभएको छ।

बन्दाबन्दी खुकुलो पार्ने तयारी भएसँंगै उपत्यकाको सुरक्षाका लागि कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा स्थानीय तह, प्रहरी र प्रशासनिक निकायबीच छलफल सुरु भएको हो । उपत्यकामा दिउँसो १५५ स्थान र राति ४५ स्थानमा नियमित सवारी जाँच हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad