छापा खबर


केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

नेपालखबर
जेठ १८, २०७७ आइतबार ३:१४,

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्।

यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत कोरोना पोजेटिभ देखिएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकहरूले पिसिआर परीक्षणको नतिजा नकुरी तत्काल शल्यक्रिया गरेर बिरामीलाई नयाँ जीवन दिएका हुन्।

बिरामीको स्वास्थ्य स्थिति गम्भीर र संवेदनशील भएको तथा पिसिआर रिपोर्ट प्रतीक्षा गर्दा ज्यान नै जाने स्थिति रहेकाले आवश्यक सुरक्षाका सामग्रीहरू अपनाएर चिकित्सकहरूले जटिल शल्यक्रिया गरेको केएमसी शिक्षण अस्पताल प्रमुख डा.चन्दा कार्कीको भनाइ छ। यो खबर आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन्।

‘कोरोनाको बिरामी भनेर शल्यक्रिया रोकेको भए बिरामीको ज्यानसमेत जान सक्थ्यो,’ अस्पतालले भन्यो, ‘चिकित्सकहरूले हिम्मतले सावधानीका साथ शल्यक्रिया गर्दा बिरामीको ज्यान बचाउन सकियो,’ उनले भनिन्।

केएमसीमा शल्यक्रिया गरेका दोलाखाका ती बिरामीको पिसिआर रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेको छ। बिरामीको अवस्था हेरेर तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएपछि सरकारले जारी गरेको निर्देशिकाअनुसार शल्यक्रियापूर्व आरडिटी गर्दा पोजेटिभ देखिएको र परिवारकै सहमतिमा आइसोलेसन आइसियुमा सारेर शल्यक्रिया गरिएको डा.कार्कीले बताइन्।

कोरोना संक्रमित भएको पिसिआर रिपोर्टबाट पुष्टि भएसँगै बिरामीको शल्यक्रियामा संलग्न र सम्पर्कमा आएका करिब साढे दुई दर्जन स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ। केएमसीले क्वारेन्टिनमा राखेका स्वास्थ्यकर्मीमा वीर अस्पतालबाट खटिएका एक स्वास्थ्यकर्मीसमेत रहेका छन्।

लकडाउनको अवधिमा केएमसीले सर्जरीमात्र २३ सय बिरामीको गरेको छ। ओपिडीमा २२ हजारलाई सेवा दिइसकेको र चार सय केस डेलिभरी गरेको डा.कार्कीको भनाइ छ। अस्पतालले कोभिड क्लिनकमा दैनिक ६ सयलाई हेरिरहेको समेत उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad