छापा खबर


विदेशबाट आउने नेपालीको व्यवस्थापन सेनाले गर्ने

विदेशबाट आउने नेपालीको व्यवस्थापन सेनाले गर्ने

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ०:३९,

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन्।

यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा र्‍यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड–१९ को परीक्षणमा कोरोना नेगेटिभ नदेखिएकाले मात्र स्वदेश फर्किन सक्ने बताए। यो खबर आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन्।

श्रममन्त्री यादवले अति नै समस्यामा परेका झण्डै २५ हजारलाई तत्काल ल्याउने योजना सरकारको रहेको बताए। ‘‘प्राथमिकताको आधारमा ल्याइने हुनाले यो सङ्ख्या बढ्न वा घट्न सक्छ, सरकारले तोकेका प्राथमिकतामा परेका कोही पनि छुट्दैनन्,’ उनले भने।

विदेशबाट आउनेलाई काठमाडौँमा राख्नका लागि बनाइने होल्डिङ सेन्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको र क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी पनि सेनाले नै गर्ने मन्त्री यादवले बताए।

होल्डिङ सेन्टरमा पुगेकालाई ज्वरो नाप्नेदेखि स्वास्थ्य परीक्षणको सम्पूर्ण व्यवस्था नेपाली सेनाको समन्वयमा हुने छ। सो परीक्षणका क्रममा ज्वरो एक सय फरेनहाइटभन्दा माथि देखिएकालाई आइसोलेसनमा राखेर थप उपचार गरिने छ भने नदेखिएकालाई नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिने श्रम मन्त्री यादवले जानकारी दिए।

कोरोनाको प्रारम्भिक लक्ष्यण ज्वरो आएका र केही लक्षण देखिएकाहरूलाई काठमाडौँमै आइसोलेसनमा राखेर उपचारपछि ठीक भएपछि मात्रै सम्बन्धित जिल्ला पठाउने सरकारको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad