छापा खबर


सेनाका तीन यौन दूराचारी सिधै घर फिर्ता

सेनाका तीन यौन दूराचारी सिधै घर फिर्ता

नेपालखबर
साउन १४, २०७७ बुधबार १:५३,

‘नउम्रिँदै तीनपात’ भनेजस्तो तालिम नसक्दै असामान्य हर्कत देखाउन थालेपछि नेपाली सेनाका एक क्याप्टेन, एक क्याडेट सेकेण्ड लप्टन र तिनलाई तालिम सिकाउने गुरुबासमेत अस्ति सोमबारदेखि सोझै घर फिर्ता गरिएका छन्।

भक्तपुरको खरिपाटीमा अधिकृतस्तरको तालिम लिँदै गरेकी युवती र तालिम केन्द्रभित्रै उनलाई यौन व्यवहार गर्ने युवक यसरी निर्मम कारबाहीको शिकार भएका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

दुःखको कुरा त के भने असल नैतिक आचरण सिकाउनुपर्ने गुरु आफैँ गलत धन्दामा लागेको पाइयो र उनलाई पनि शून्य सहनशीलताको नीतिअन्तर्गत कारबाही गरिएको छ।

ती युवतीलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य अठर्‍याएको छैन। कप्तान भने एक वर्ष पुरानो यौनकाण्ड लाग्दा कोर्टमार्शमा परेका छन्।

डेढ महिनादेखि यस प्रकरणको गोप्य छानविन चलिरहेको थियो।

नेपाली सेनामा गैरसैनिक ठेकेदारसम्मको हकमा आकर्षित हुने यस्तो अनुशासन सेनामै जागिर खानेका हकमा झन् कडाईकासाथ लागू हुने कुरा सैन्य नेतृत्वले प्रमाणित गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad