समाज


अमेरिकाका राष्ट्रपति ट्रम्पका छोरालाई ट्विटरले लगायो १२ घण्टा प्रतिबन्ध

अमेरिकाका राष्ट्रपति ट्रम्पका छोरालाई ट्विटरले लगायो १२ घण्टा प्रतिबन्ध

नेपालखबर
साउन १४, २०७७ बुधबार १:५९,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरो डोनाल्ड ट्रम्प जुनियरलाई ट्विटरले १२ घण्टाका लागि ट्विट गर्न प्रतिबन्ध लगाएको छ।

उनले मलेरियाको औषधि हाइड्रोक्सिक्लोराेक्विनले कोरोना संक्रमित बिरामीलाई फाइदा पुर्याउँछ भन्ने भिडियो पोस्ट गरेपछि ट्विटरले उनीविरुद्ध प्रतिबन्ध लगाएको हो।

राष्ट्रपति ट्रम्पसहित केही व्यक्तिले उक्त औषधिले कोरोना संक्रमितलाई लाभ गर्ने दाबी गरिरहेका छन्, तर यो कुरा कुनै अध्ययनले पुष्टि गरेको छैन।

यसर्थ ट्रम्पका छोराको भिडियोले कोरोनाबारे गलत सूचना प्रवाह गरेको ट्विटरको भनाइ छ।

बीबीसीसँग ट्विटरले भनेको छ, ‘उनलाई हाम्रो नीतिबमोजम कारबाही गरेका हौं।’

तर डोनाल्ड ट्रम्प जुनियरले आफ्नो अकाउन्टको ब्राउज गर्न र सीधै म्यासेज गर्न पाउने ट्विटरले जनाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad