बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका दुई पुरुषको मृत्यु भएको छ।
६८ वर्षीय पुरुषमा पहिलो र ६७ वर्षीय पुरुषमा दोस्रो पटक प्लाज्मा थेरापी गरिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सुनसरीको धरान बरगाछीका ६८ वर्षीय पुरुषमा आइतबार बेलुका दोस्रो पटक प्लाज्मा थेरापीको तयारी गरेको थियो।
त्यहीबेला प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा उनको मृत्यु भएको प्रतिठानका मेडिसिन विभाग प्रमुख डा.सञ्जीवकुमार शर्माले बताए।
फोक्सोमा संक्रमण भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो।
६७ वर्षीय पुरुषको प्लाज्मा थेरापी गरिएको २४ घण्टा नबित्दै मृत्यु भएको हो। उनी पनि धरान वरगाछीका हुन्। यसअघि वरगाछीकै ७१ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।

प्रतिक्रिया