समाज


भारतमा ५ तले भवन ढल्यो, कम्तीमा ९० जना हताहत भएको आशंका

भारतमा ५ तले भवन ढल्यो, कम्तीमा ९० जना हताहत भएको आशंका

नेपालखबर
भदौ ८, २०७७ सोमबार २३:५२,

भारतको महाराष्ट्रमा ५ तले भवन ढल्दा कम्तीमा ९० जना हताहत भएको आशंका गरिएको छ। अहिलेसम्म एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ। 

स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो। दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो। 

 बीबीसी हिन्दीका अनुसार अहिलेसम्म एक जनाकाे शव भेटिएकाे छ। ८ जनाकाे उद्धार गरिएकाे छ भने ७ घाइतेलाई अस्पताल भर्ना गरिएकाे छ। 

समाचार एजेन्सी एएनआईका अनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खटिएकाे छ। 

हापुस तालनजिकै रहेको उक्त भवन दशक पुरानो हो। भवनामा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए। भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए। 

भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन्।

त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad