छापा खबर


नेपालमा कोरोनाबाट हुने मृत्युदर तीब्र बन्दै, एक महिनामै ११४ को मृत्यु

नेपालमा कोरोनाबाट हुने मृत्युदर तीब्र बन्दै, एक महिनामै ११४ को मृत्यु

नेपालखबर
भदौ ९, २०७७ मंगलबार २:०,

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ। गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो। पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११, शनिबार ११, आइतबार ३ र सोमबार ८ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad