छापा खबर


विप्लव समूहबाट चार सय चन्दादाता को सूची जफत, यस्तो रै’छ चन्दाको दररेट

 विप्लव समूहबाट चार सय चन्दादाता को सूची जफत, यस्तो रै’छ चन्दाको दररेट

नेपालखबर
साउन ६, २०७६ सोमबार २:२५,

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो।

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ।

प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो।

‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति तथा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ,’ एसएसपी सकुल थापाले भने, ‘राजधानीलगायत देशका विभिन्न स्थानमा चन्दा असुल्नकै लागि आफ्ना भ्रातृसंगठनलाई परिचालन गरिएको देखिन्छ।’

थापाका अनुसार प्रतिबन्धित नेकपाले राष्ट्रिय गौरवसहित ठूला जलविद्युत् तथा सडक आयोजनाबाट २० लाखका दरले रकम असुल्नेगरी सूची तयार पारेको छ। यो खबर आजको नागरिक दैनिकमा मातृका दाहाललेले लेखेका छन्।

शिखर सुजलगायत कम्पनीबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरी तयार पारिएको कागजपत्र जफत गरिएको छ।

विप्लव नेकपाको चन्दा डायरी
–राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाः २० लाख
–सडक निर्माणसम्बन्धी ठूला आयोजनाः २० लाख
–मझौला आयोजनाः १५ लाख
–ठूला उद्योगः १५ लाख
–शिखर सुजः १० लाख
–अन्य मझौला उद्योगः १० लाख
–चल्तीका विद्यालयः५ लाखदेखि १० लाख
 - स्थानीय ठेक्काः १ लाखमाथि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad