छापा खबर


गोंगबु घटनाको अनुसन्धान पूरा : अभियुक्त कल्पना मुडभरीले दिइन् यस्तो बयान

गोंगबु घटनाको अनुसन्धान पूरा : अभियुक्त कल्पना मुडभरीले दिइन् यस्तो बयान

नेपालखबर
भदौ १३, २०७७ शनिबार ०:३९,

प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुुडभरी (पौडेल) लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए ।

प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो।

२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान ग¥यौँ । हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्तले स्वीकार गरेकी छिन् । खासगरी फेक आइडीमार्फत नग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको विषयप्रति उनको आपत्ति रहेछ । यो नगर्न भन्दै पटक–पटक उनले बोहरालाई भनेकी पनि रहिछन् । रोक्नुको सट्टा उल्टै ब्ल्याकमेलिङ गर्न थालेछ । यही कारण नै हत्या गर्ने योजना बनाएको बयान अभियुक्तले हामीलाई दिएकी छिन् ।’

‘कल्पना शाहीको नाममा फेसबुक आइडी बनाएछ । त्यसमा मेरो टाउको जोडेर आपत्तिजनक फोटो राखेछ । सोही फेसबुकबाट उनले विभिन्न मान्छेलाई रिक्वेस्ट पनि पठाएछ । मैले उनको हर्कत थाहा पाएँ । त्यस्तो नगर्नुस् भनेर पटकपटक सम्झाएँ । तर, ऊ मानेन । म मानसिक रूपमा विक्षिप्त थिएँ । सहनै नसक्ने भएपछि यसलाई सिध्याउने योजना दिमागमा आयो । त्यसपछि सोहीअनुसार योजना बनाएँ । कोठामै बोलाएँ । उनको खानेकुरामा स्लिपिङ ट्याब्लेट हालेँ । उनी बेहोस भए । त्यही मौकामा सबै काम भए,’ प्रहरीका अनुसार कल्पनाले बयानमा भनेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad