समाज


आज कस्तो छ वर्षाको सम्भावना?

आज कस्तो छ वर्षाको सम्भावना?

नेपालखबर
भदौ १३, २०७७ शनिबार ०:५१,

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

माैसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान कतै पानी परेकाे छैन। धेरैजसाे स्थानमा आंशिकदेखि सामान्यसम्म बदली छ। याे भनेकाे धेरै ठाउँमा घाम लागेकाे छ। म

हाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न. १ का एक वा दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना छ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका भने एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

‘भारी वर्षाको सम्भावना देखिए पनि आजलाई त्यस्तो बाढीपहिरो नै जाने वर्षा हुने सम्भावना कम छ,’ मौसमविद्  बासीले नेपालखबरसँग भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad