छापा खबर


सरकारले खोल्यो नीजी विद्यालयलाई अनलाइनमा पढाएको पैसा असुल्ने कानुनी बाटो

सरकारले खोल्यो नीजी विद्यालयलाई अनलाइनमा पढाएको पैसा असुल्ने कानुनी बाटो

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार २:४७,

कोभिड, १९ को जोखिमका कारण बन्दाबन्दीमा विद्यालयहरुले वैकल्पिक माध्यमबाट गरेको सिकाइ सहजिकरणलाई सिकाइ पाठ्यघण्टामा जोडिने निर्देशिका जारी भएको छ। 

अब विद्यार्थीहरुले विद्यालय बाहिर रहेर गरेको विभिन्न माध्यमको सिकाइलाई समेत पाठ्यक्रममा जोडिने गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।  

यसले गर्दा अब निजी विद्यालयहरुले असार १  गतेदेखि सुरु गरेको वैकल्पिक माध्यमकको भर्चुअल कक्षाको सिकाइको समेत शुल्क लिन पाउने कानूनी अधिकार पाएको खबर आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन।

यस अघि मन्त्रालयले तयार पारेको बैकल्पिक माध्यमबाट सिकाइ सहजिकरण निर्देशिका ,०७७ जेठ १९ गते मन्त्री परिषदले पारित गरि कार्यन्वयनमा ल्याएको थियो। जसमा विद्यालय बाहिर गराइने वैकल्पिक माध्यमको सिकई पाठ्क्रमसँग जोडिएको थिएन।

जसले गर्दा विद्यालय र अभिभावकलाई खासै रुचि नभएकोले मन्त्रालये हाल सोहि निर्देशिकामा परिमार्जित गरी बैकल्पिक सिकाइलाई समेत मान्यता दिने गरि मन्त्री परिषदमा पेस गरेको थियो।

परीमार्जिति विद्यार्थी सिकाई सहजिकरण निर्देशिका भदौं १९ गते मन्त्री परिषदले पारित गरेपछि अब विद्यालय बारिह भएको सम्पूर्ण माध्यमको सिकाईहरु मान्यत पाउने र विद्यालयको कार्यघण्टामा जोडिने भएपछि निजी विद्यालयहरुलाई पनि शुल्क लिने बाटो खुलेको शिक्षा विकास तथा मानव स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad