छापा खबर


कोरोनाको चपेटामा जनप्रतिनिधि, कहाँ कति संक्रमित?

कोरोनाको चपेटामा जनप्रतिनिधि, कहाँ कति संक्रमित?

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार २:४३,

कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्।      

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय भन्दा बढी जनप्रनिनिधिहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना संक्रमण पुष्टि भएका जनप्रतिनिधिहरूको विवरण संकलन गर्न सुरु गरिएको बताए।      

मन्त्रालयले बुधबार साँझसम्म संकलन गरेको विवरणमा देशभर करिब १ सय भन्दा बढी जनप्रतिनिधिहरूमा कोरोना पोजेटिभ देखिएको छ।  मन्त्रालयका उपसचिव ऋषि आचार्यले प्रत्येक प्रदेशबाट छुट्टाछुट्टै विवरण संकलन गरिएको खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन।

मन्त्रालयले ७ वटा प्रदेशमा एक/एक जना फोकल पर्सन खटाएको छ। जनप्रतिनिधिहरू तथा स्थानीय तहका कर्मचारीहरूमा कोरना पोजेटिभ देखिएमा त्यसको विवरण फोकल पर्सनले मन्त्रालयमा पठाउने गरेका छन्।        

जनप्रतिनिधिहरू विभिन्न माध्यमबाट चौविसै घण्टा स्थानीय जनतासँग सम्पर्कमा रहनु पर्ने भएकाले उनीहरू सधैं जोखिममा हुने मन्त्रालयका कर्मचारीहरूको भनाई छ।  ‘कोरना रोकथाम नियन्त्रण तथा यस सम्बन्धी व्यवस्थपानमा जनप्रतिनिधिहरू चौविसै घण्टा खटिनु पर्छ। यस्तो बेला उनीहरू जोखिममा हुनु स्वाभाविक हो। ’ मन्त्रालयका एक उपसचिवले बताए।      

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरना संक्रमण भएको पुष्टि भइसकेको छ। वीरगञ्ज महानगरपालिकाका १२ नम्बर वडा अध्यक्ष रामदरश साह, ४ नम्बर वडा अध्यक्ष जगत साह कानु, तथा वडा सदस्यहरू दिपेन्द्र कुर्मी र सुरेन्द्र ठाकुर पनि कोरना संक्रमित भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरना संक्रमति जनप्रतनिधिहरूको संख्या प्रदेश २ मा सबैभन्दा बढी छ। प्रदेश २ मा मात्रै ५३ जना जनप्रतिनिधिहरूलाई कोरना संक्रमति देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश २ का बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साह, पसौगढी नगरपालिकाका मेयर लोकनारायण यादब, पोखरीया नपाका मेयर दीपनारायाण रौनियार, मिथिला न.पा.का उपमेयर ताराकुमारी लामा, क्षिरेश्वर न.पांका मेयर योगेन्द्र पञ्जियार, देवताल गा.पा.का अध्यक्ष चन्दनकुमार सिंह, विष्णुपुर गाउँपालिकाका उपाध्यक्ष अरहहुला देवी सिहंलाई पनि कोरना पोजेटिभ भएको पुष्टि भएको छ। प्रदेश २ सरकारका आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव तथा प्रतिनिधि सभा सांसद प्रदीप यादवलाई पनि कोरना संक्रमति भएको छ।      

यसैगरी प्रदेश २का ३० जनाभन्दा बढी विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई कोरना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।      

मन्त्रालयका अनुसार प्रदेश २ पछि सबैभन्दा बढी कोरना संक्रमति जनप्रतिनिधिहरूको  संख्या प्रदेश ५मा छ।       प्रदेश ५मा १२ जना प्रतिनिधिहरूलाई कोरना संक्रमति पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रदेश ५ मध्ये सन्धीखर्क न.पा.का उपप्रमुख ठाकुर विक, कपिलबस्तु जिल्लाका जिसस सदस्य, अनुपकुमार पाण्डे, रोहीणी गा.पा.का उपाध्यक्ष शिवकान्ती चमार, तुलसीपुर उपमहानगरपालिका, ७ का वडा अध्यक्ष टोपबहादुर केसी, मायादेवी गाउँपालिकाका अध्यक्ष वजरगीप्रसाद कुर्मी लगायतलाई कोरना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।      बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लाका जिसस सदस्य उद्धव केसी तथा मण्डनदेउ गाउँपालिका १२का वडाअध्यक्ष गोविन्दप्रसाद पराजुलीलाई पनि कोरना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा ४ जना जनप्रनिधिहरूलाई पनि कोरना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार दैलेख जिल्लाका नारायणपुर न.पा.की उपमेयर सावित्री मल्ल, ७ नम्बर वडा अध्यक्ष पूणर्बहादुर मल्ल,  जुम्ला जिल्ला हिमा गा.पाका ५ नम्बर वडा अध्यक्ष सर्पजित भण्डारी तथा ३ नम्बर वडा अध्यक्ष जडेनी शाहीलाई पनि  कोरना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।      

संघीय मन्त्रालयले सुदर पश्चिममा ४ जना जनप्रतिनिधिहरूलाई कोरना संक्रमण पुष्टि भएको जनाएको छ।      सुदर पश्चिम प्रदेशका गोदवारी नगरपालिका, १ का वडा अध्यक्ष शर्मानन्द भट्ट लगायतलाई कोरना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।      

संघीय मत्रालयले प्रदेश १मा १० जना तथा  गण्डकी प्रदेशमा ६ जना जनप्रनिधिहरूलाई कोरना संक्रमण पुष्टि भएको जनाएको छ।      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad