छापा खबर


बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता, काजकिरिया भयो, आउने आस बाँकी

बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता, काजकिरिया भयो, आउने आस बाँकी

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार २:५२,

बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्।

पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ। आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन्।

२०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए। २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांकसहितको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशन भएको छ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ। ८९ जना अझै बेपत्ता छन्। बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्। २२ जनाको शव भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad