छापा खबर


बलात्कार आरोप लगाउने युवतीलाई कैद र जरिवानाकाे फैसला

बलात्कार आरोप लगाउने युवतीलाई कैद र जरिवानाकाे फैसला

नेपालखबर
असोज १, २०७७ बिहिबार ०:५६,

आफूलाई बलात्कार गरेको भन्दै एक सरकारी कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर गर्ने युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद तथा जरिवानाको फैसला गरेको छ।

तत्कालिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुर्खेत शाखाका प्रमुख रामप्रसाद गुप्ताले आफूलाई बलात्कार गरेको आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र एक हजार पाँचसय रुपैयाँ जरिवानाको फैसला गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले भदौ १४ गते गरेको फैसलामा जवजस्ती करणीजस्तो गम्भीर आरोप लगाएर युवतीले व्यक्तिको चरित्रहत्या गरेको उल्लेख छ।

‘जवजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर व्यक्तिको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको हो,’ श्रेस्तेदार यमप्रसाद बास्कोटाले भने, ‘पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार कैद र जरिवानाको फैसला गरिएको हो।’ बलात्कार आरोप लगाउने युवती सुर्खेत बराहताल गाउँपालिकाकी हुन्।

साल्ट ट्रेडिङका प्रमुख गुप्ताले आफूलाई कार्यालयमै बोलाएर २०७६ साल असोज २८ र ३० गते दुई पटक बलात्कार गरेको भन्दै मंसिरमा युवतीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन्। युवतीले आफूलाई जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको जाहेरीमा उल्लेख थियो। उनले सोही व्यवहोराको वकपत्र अदालतमा गरेकी थिइन्।

अदालतले कैद सजाय र जरिवाना तोकिएकी युवती अहिले फरार छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad