नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठन एवं संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विकल्प तथा सम्भावित मन्त्रीहरूबारे अध्यक्षद्वयले छलफल गरेका छन।
आइतबारको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेपछि कुन प्रक्रियाबाट गर्ने, कसलाई समावेश गर्ने तथा बिदा गर्ने लगायतका विषयमा छलफल गरेर टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको खबर आजको गोरखापत्रमा छ।
सोही जिम्मेवारीअनुसार अध्यक्षद्वयले यस विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया