छापा खबर


सेयर बजारमा ठूलो पहिरो : लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब

सेयर बजारमा ठूलो पहिरो : लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २:२,

नेप्से परिसूचक १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ।

आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन्।

गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो । लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए।

नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ।

बिहान ११ बजेदेखि कारोबार सुरु भएको नेप्सेमा साढे २ बजेतिर कारोबार ६ प्रतिशतले गिरावट आउँदा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । निर्धारित अवधिभन्दा ४७ मिनेटअगावै २ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भयो।

आइतबार बजारमा रहेका सबै परिसूचक राताम्य हुँदा करिब साढे ३ घण्टामा ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १९७ वटा कम्पनीको ६१ हजार ८५६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad