छापा खबर


इतिहासमै पहिलोपटक ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

इतिहासमै पहिलोपटक ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १:५६,

भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ।

सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवैको अनुभवमा यति ठूलो परिमाणमा रासायनिक मल एकैसाथ आएको यो नै पहिलो पटक हो। यो खबर आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन्।

यति मात्र नभएर कोलकाता बन्दरगाहका लागि पनि यो पहिलो अनुभव भएको बताइएको छ । आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउसले आयात गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये २० हजार मेट्रिकटन साल्ट ट्रेडिङ कर्पोरेशनको र बाँकी ३० हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेडको रहेको छ।

दुवै कम्पनीको आपूर्तिकर्ता कम्पनी एउटै रहेको र उसले एकैपटक आयात गर्दा ठूलो परिमाण देखिन गएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी अनुदानको मल यति ठूलो परिमाणमा आउनु नेपालका लागि पहिलो त हो नै, कोलकाता बन्दरगाहका लागि समेत पहिलो घटना हो।

‘यसअघि मल आयात गर्दा सानोसानो परिमाणमा आयात हुन्थ्यो । यसरी ठूलो परिमाणमा आएको यो नै पहिलोपटक हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad