सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत गर्ने कानुन ल्याउँदै छ।
संसदमा प्रस्तुत ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को ‘सामूहिक राजीनामा स्वीकृत हुन सक्ने’ व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमती जुटाएको हो।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन्।
विभिन्न कारण या माग देखाउँदै सरकारलाई कर्मचारीले टे«ड युनियन मार्फत् सामूहिक राजीनामा दिने घुर्की दिने गर्छन्।
यस्तो राजीनामा स्वीकृत गर्ने नगर्ने व्यवस्था यसअघि थिएन। अब भने सरकारले स्वीकृत गर्ने गरी कानुनमै व्यवस्था गर्न लागेको छ।

प्रतिक्रिया