छापा खबर


पोखरीमा हाम्फाल्दै १६ बाँदर मरे, के पशुले पनि आत्महत्या गर्छन्?

पोखरीमा हाम्फाल्दै १६ बाँदर मरे, के पशुले पनि आत्महत्या गर्छन्?

नेपालखबर
साउन २३, २०७६ बिहिबार ०:३६,

सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा हाम्फालेर १६ बाँदर मरेका छन्।

पोखरीमा हाम्फालेर छटपटाइरहेका ९ बाँदरको स्थानीयले उद्धार गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन्।

अरु बेलाभन्दा फरक र अस्वाभाविक स्वरमा चिच्याएर बाँदर एकपछि अर्को गर्दै पोखरीमा हाम्फालेर मरेका स्थानीय क्षेत्रबहादुर दुलालले बताए।

पोखरीमा हाम्फालेर बाँदर मरेको घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दुःखी बनाएको अर्का स्थानीय कुलप्रसाद दाहालले बताए।

‘घटना एक प्रकारले रहस्यमय नै छ,’ चौतारा साँगाचोकगढी–१३ का वडाध्यक्ष रामप्रसाद गौतमले भने, ‘यसअघि यस्तो घटना हामीले सुनेका पनि थिएनौँ।’

बाँदर विशेषज्ञ डा.मुकेश चालिसे बाँदरले पाखरीमा हाम फालेको हुन सक्ने कुरा लगभग असम्भव रहेको बताए।

‘पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ, त्यतिकै बाँदरले हाम फाल्दैन,’ उनले भने, ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ। डुबेर मर्दैन। पोखरीमा करेन्ट लगाइएको वा केही कारण हुन सक्छ। अनुसन्धान जरुरी छ।’

त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले समूहको नाइके कुनै कारणले लड्यो भने उसको पछिपछि लगएका अन्य जनावर पनि लड्न सक्ने बताए।

वन्यजन्तुहरुमा पनि आत्मविनाशकारी व्यवहार (सेल्फ डिक्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए।

‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरु देहत्याग गर्न सक्छन्,’ थापाले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad