छापा खबर


दसैँसम्म उतै बस्ने गरी किन जाँदैछन् ज्ञानेन्द्र थाइल्याण्ड?

दसैँसम्म उतै बस्ने गरी किन जाँदैछन् ज्ञानेन्द्र थाइल्याण्ड?

नेपालखबर
साउन २३, २०७६ बिहिबार ३:४०,

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाँदैछन्।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ साउन २४ गते थाइल्याण्डको बैङ्कक जान लागेका खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ। विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन्।

ज्ञानेन्द्र पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जानेछिन्। पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गइसकेकी छन्। अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कँदै आएका छन्।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो। करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारीमा छन्।

भ्रमणमा निजी सुरक्षाकर्मी सशस्त्रका डिएसपी र केही कामदारबाहेक अरुलाई सहभागी गराइने छैन । लामो समयदेखि हिमानी सँगसँगै नबसेका पूर्व युवराज पारस भने नेपालमै रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad