छापा खबर


कपिल शर्माले लिन्छन्, प्रतिएपिसोड १५ लाख भारु

कपिल शर्माले लिन्छन्, प्रतिएपिसोड १५ लाख भारु

नेपालखबर
साउन २९, २०७६ बुधबार १:५,

सञ्चारमाध्यमहरूका अनुसार ‘द कपिल शर्मा सो’ कमेडियन कपिल शर्माले प्रतिएपिसोड कम्तीमा १५ लाख भारतीय रुपैयाँ बुझ्छन्।

तर कुनै समय यस्तो पनि थियो, जतिबेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु लिन्थे।

उनले ‘द कपिल शर्मा सो’मै यसको खुलासा गरेका हुन्। कार्यक्रममा आफ्नो फिल्म प्रमोसनका लागि सोनाक्षी सिन्हा र बादशाह पुगेका थिए।

उनीहरूसँग कपिलले प्रिन्टिङ मिलमा काम गर्दाको अनुभव साटेका हुन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

कपिलले आफ्नो जागिरको सुरुवात कपडा छपाइ हुने मिलबाट गरेका थिए। उनको पहिलो तलब १५ सय रुपैयाँ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad