छापा खबर


बलात्कार प्रयास गर्दा चिच्याएपछि ९ वर्षकी बालिकालाई कर्णाली नदीमा हुत्याइयो

बलात्कार प्रयास गर्दा चिच्याएपछि ९ वर्षकी बालिकालाई कर्णाली नदीमा हुत्याइयो

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ०:२७,

मुगुमा मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ।

बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन्। हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ, त्यसपछि कर्णाली नदीमा फालिदिएँ।’

तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन्। उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए।

शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो। तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ।

शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा ‘हत्या गरेको तर बलात्कार नगरेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ,’ अभियुक्त प्रवेशले बयानमा भनेका छन्, ‘त्यसपछि कर्णाली नदीमा फालिदिएँ ।’

बालिकाको टाउको दायाँपट्टि भाग र छातीमा चोट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तले शनिबार मादकपदार्थ सेवन गरेको बताएका छन् । उनलाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

बालिकाको पोस्टमार्टम भइसकेको छ । भेजाइनल स्वाब तथा भिसेरा संकलनपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .