छापा खबर


एमाले–जसपाबीच सत्ता सहकार्य पक्का

एमाले–जसपाबीच सत्ता सहकार्य पक्का

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १:३७,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ। जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको खबर आजको राजधानी दैनिकले छापेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी थिए । ओली र ठाकुरबीच भएको भेटवार्तापछि कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो । जसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताए।

उनले भने, ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि उडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .