छापा खबर


१० वर्ष उमेर समूहका ६ हजार ४ सय ९४ बालबालिकामा कोरोना संक्रमण

१० वर्ष उमेर समूहका ६ हजार ४ सय ९४ बालबालिकामा कोरोना संक्रमण

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ०:४३,

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .