छापा खबर


हिमन्त विश्व शर्मा असमको १५ औँ मुख्यमन्त्री नियुक्त

हिमन्त विश्व शर्मा असमको १५ औँ मुख्यमन्त्री नियुक्त

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ०:३४,

हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सपथ ग्रहण गरेका छन्।

भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित राज्य सभा सदस्य विश्व शर्मा असमको १५ मुख्यमन्त्रीमा निर्वाचित भएका हुन्। सोमबार उनलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को नियमअनुसार सामाजिक दूरी कायम गरी मन्त्रीको रूपमा शपथ लिएका छन्।

शपथ ग्रहण गर्ने १३ विधायिकामध्ये भाजपाका प्रदेश अध्यक्ष रञ्जितकुमार दास, निवर्तमान राज्य सरकारका मन्त्री चन्द्रमोहन पटवारी, परिमल सुक्ला बैद्य, जोगेश मोहन र सञ्जय किशनलगायत छन्।।

त्यसैगरी रञ्ज पेगु, बिमल बोरा र अजन्त नेओगले पनि मन्त्री पदको सपथ लिएका छन्। यी तीन जना असाममा मन्त्रीका रूपमा देखिएका नयाँ अनुहार हुन्। नेओग एक मात्र महिला मन्त्री हुन्।

गठबन्धनका साझेदार एजीपीका अतुल बोरा र पूर्व सरकारका दुबै मन्त्री केशव महन्ता र यूपीपीएलका पूर्व सभासद् यू जी ब्रह्माले पनि शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जे पी नड्डा, निवर्तमान मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, रमेश तेली, नागाल्याण्डका मुख्यमन्त्री निपु रियो र असाम काङ्ग्रेसका प्रमुख रिपुन बोरा लगायतको उपस्थिति थियो।

असमको १२६ विधानसभा सीटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६०सहित ७५ सीट जितेको थियो। असाममा भाजपा गठबन्धन लगातार दोस्रो पटक चुनाव जित्ने राज्यको पहिलो गैर–कांग्रेस सरकार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .