छापा खबर


बलिउड हिरोहरूमा सलमान नै नम्बर १, यस्तो छ अन्यको स्थान

बलिउड हिरोहरूमा सलमान नै नम्बर १, यस्तो छ अन्यको स्थान

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ५:१२,

भारतको प्रसिद्ध समाचार नेटवर्क आजतकले कर्भी-इन्साइट नामक संस्थासँग मिलेर गरेको सर्वेक्षण ‘देशका मिजाज’ अन्तर्गत बलिउड अभिनेताहरूका बारेमा गरिएको सर्भेअनुसार सलमान खान पहिलो स्थानमा छन्।

यो वर्ष औसत दरिएको उनको चलचित्र भारत मात्र सार्वजनिक भए पनि भारतीय जनताले अब्बल नायकहरूको सूचीका लागि सलमान खानलाई सर्वाधिक मत दिएका थिए।

कुल ८ प्रतिशत मतका सलमान अब्बल दरिएका हुन्। यो खबर आजको साप्ताहिकमा छापिएको छ। सलमानलाई पछ्याउनेमा दोस्रो स्थानमा अक्षकुमार (७ प्रतिशत मत) तथा तेस्रो स्थानमा रणवीर सिंह (६ प्रतिशत मत) छन्।

यो सूचीको चौथो स्थानमा संयुक्त रूपमा अमिताभ बच्चन, साहरुख खान, रणवीर कपुर र अजय देवगन छन्। उनीहरू चारै जनाले ६ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका थिए। सूचीको पाँचौं स्थानमा दक्षिण भारतका अभिनेता प्रभास, टाइगर श्राफ तथा साहिद कपुर छन्। उनीहरूले पाँचौं स्थानका लागि ६ प्रतिशतभन्दा केही कम मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad