ad ad

छापा खबर


राति खुल्दैनन् एटीएम

राति खुल्दैनन् एटीएम

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १:३,

मकवानपुरको हेटौंडा ४ कमलाडाँडाका गम्भीर बर्ताैला शनिबार राति ११ बजे विद्युतीय भुक्तानी कार्ड (एटीएम) बाट पैसा झिक्न पूरै हेटौंडा घुम्दा पनि पाएनन्।

काभ्रेस्थित छिमेकी विकास बैंकमा कार्यरत बर्ताैलाले रातको समयमा पैसा निकाल्न नपाएपछि साथीहरूलार्य फोन गरेर समस्या समाधान गरे।

बर्ताैता उदाहरण मात्र हुन्। पछिल्लो समय हेटौंडा प्रदेश ३ को मुकाम भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ।

यस्तो अवस्थामा हेटौंडका बैंकहरूबाट अधिकांश एटीएम प्रयोगकर्ताहरूले रातको समयमा पैसा निकाल्न नपाएको गुनासो गरिरहेका छन्। यो खबर आजको कान्तिपुरमा सुवा बिडारीले लेखेका हुन्।

‘हामीले हेटौंडामा रातिका समयमा १० बजेपछि मात्र एटीएमको सटर झार्ने गरेका छौं। आपतकालीन अवस्थामा सेक्युरिटी गार्डहरूले सटर खोलेर सेवा दिएका पनि छन्,’ हेटौंडा बैंकर्सका संयोजक रमेश प्याकुरेलले भने।

उनका अनुसरा रातको समयमा एटीएमबाट बैंकिङ कारोबार शून्य देखिएकाले सञ्चालन नगरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .