छापा खबर


जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च?

जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च?

नेपालखबर
भदौ १८, २०७६ बुधबार ०:२०,

लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ।

जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ।

जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो।

जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन। बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन्।

परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ।

अन्य कुनै शुल्क लाग्दैन। सबै शुल्क रोजगारदाताले नै व्यहोर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad