छापा खबर


सोचेजति छैन तरकारीमा विषादी, यस्तो आयो रिपार्ट

सोचेजति छैन तरकारीमा विषादी, यस्तो आयो रिपार्ट

नेपालखबर
भदौ १८, २०७६ बुधबार ०:३३,

तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ बुझ्नु गलत हुन्छ।

मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपीबीआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवेशष न्यून रहने देखाएको छ।

ल्याबका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेका अनुसार ल्याबले अर्गानोफस्फेट र कार्बामेड गरी दुईवटा समूहअन्तर्गतका विषादी परीक्षण गर्छ। यो खबर आजको नागरिकमा प्रेम पुन्थोकीले लेखेका हुन्।

‘यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ,’ बाली संरक्षण अधिकृत घिमिरेले भने, ‘धेरैले यो प्रतिशतलाई विषादीको मात्रा भनेर बुझेको पाइन्छ। त्यो गलत हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad