छापा खबर


सरकारद्वारा २ करोडको गुणस्तरहीन जीवनजल खरिद गरेर बाँडेकाे खुलासा

सरकारद्वारा २ करोडको गुणस्तरहीन जीवनजल खरिद गरेर बाँडेकाे खुलासा

नेपालखबर
भदौ १८, २०७६ बुधबार ०:४४,

सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ।

आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो।

विभाग आफैंले बनाएको ‘स्पेसिफिकेसन’विपरीत सो मूल्य बराबरका जीवनजल खरिद गरेको कागजात फेला पारेको भनेर आजको राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन्।

विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको मिलेमतोमा अनियमित तरिकाले औषधि खरिद गरेर सो रकम भुक्तानी गरेको देखिएको छ।

औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले भारतको सिनकोम फर्मुलेसन कम्पनीबाट उत्पादित ‘ओरासिन’ नामक जीवनजल डिओएचएस आईसीबी ४१।१९ मा गुणस्तर (क्वालिटी) फेल भएको थियो। विभागले नै सो जीवनजल गुणस्तरमा फेल भएकाले गत आर्थिक वर्षमा खरिद नगर्ने निर्णय गरेको थियो।

विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत खरिद गरेको सो गुणस्तरहीन जीवनजल जिल्ला–जिल्लामा पु¥याइसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad