छापा खबर


गरिबीले लिँदै ज्यान : कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आत्महत्या

गरिबीले लिँदै ज्यान : कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आत्महत्या

नेपालखबर
भदौ २८, २०७६ शनिबार ०:३९,

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो- गरिबी।

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए। ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्जाय बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ।’

घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ। सुर्खेतबाट ज्योति कटुवालले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ। कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ सय २८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये गरिबीका कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad