छापा खबर


यसरी गर्नुस् घरमै बसेर डेंगुको उपचार

यसरी गर्नुस् घरमै बसेर डेंगुको उपचार

नेपालखबर
भदौ २८, २०७६ शनिबार १:४०,

विशेषज्ञहरुले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्न सल्लाह दिएका छन्।

उनीहरुले जोखिम समूहमा रहेका बाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अबस्था नरहेको समेत औँल्याएका खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोफिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा.वासुदेव पाण्डेले भने।

उनका अनुसार जोखिम समूहमा रहेकाहरुले भने उपचारमा ध्यान दिनुपर्छ।

यो जोखिम समूह अन्तर्गत बच्चा, बुडापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु पर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ।

परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ।

तर, यस्तो सयम बिरामीमा देखिने लक्षणहरुलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ।

ज्वरो कम गर्न आवश्यक भए हरेक ६ घन्टामा पारासिटामोल दिन सकिन्छ।

सामान्यतया एक–दुई सातामा डेंगु आफैँ निको हुन्छ। यो रोगको उपचार गर्नको लागि कुनै विशिष्ट प्रकारको औषधि छैन।

सामान्य डेंगु भएकाहरुलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ।

डेंगुमा आन्तरिक रक्तस्रावको जोखिम पनि हुने भएकाले एस्प्रिरिन, आइबुप्रोफेन लगायतका औषधि उपयोग गर्नु हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad