समाज


देशका धेरै ठाउँमा मौसम बदली, कहाँ कस्ताे हाेला वर्षा?

देशका धेरै ठाउँमा मौसम बदली, कहाँ कस्ताे हाेला वर्षा?

नेपालखबर
भदौ २८, २०७६ शनिबार १:५४,

केही दिनदेखि देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने थोरै स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

दिउँसो पनि दशेभरि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसविद् विभूति पोखरेलले बताइन्।

साथै देशका केही दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्। ‘विशेषगरी अपराह्नपछि मौसम सक्रिय हुने देखिन्छ,’ उनले नेपालखबरसँग भनिन्।

पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘त्यसैले पहिरोको जोखिम हुन सक्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘तराई क्षेत्रका पनि एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ।’

यस्तै अहिले काठमाडौं उपत्यकाको पनि मौसम बदली भएको छ। अपराह्नतिर यहाँ पनि वर्षा हुने सम्भावना छ। ‘आइसुलेटेड (खण्ड खण्ड) ठूलै पानी पर्ने सम्भावना पनि छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad