छापा खबर


सजिलै चिन्न सकिन्छ डेंगु सार्ने लामखुट्टे

सजिलै चिन्न सकिन्छ डेंगु सार्ने लामखुट्टे

नेपालखबर
भदौ २८, २०७६ शनिबार ३:१२,

मुलुकमा डेंगु फैलाउने मुख्य रूपमा जिम्मेवार मानिएको एडिस लामखुट्टे चारैतिर छ।

यो प्रजाति मात्र त्यो वातावरणमा हुर्किन सक्छन्, जहाँकोतापक्रम १६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ।

हामीले पोथी एडिस एजेप्टी लामखुट्टेलाई सजिलै चिन्न सक्छौं ।

यसको शरीरमा खैरा धर्सा हुन्छन् । यो धेरै बढी उचाइसम्म उड्न सक्दैन ।

यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल इन्सपेक्टर उत्तमराज प्याकुरेलका अनुसार, वयस्क लामखुट्टेको आयु करिब एक महिनाको हुन्छ । यो लामखुट्टेले उज्यालोमा र दिउँसो बढी टोक्ने हुनाले रगत चुस्नका लागि बाधा पुग्ने हुँदा पूरा रगत खान धेरैजनालाई टोक्ने गरेको छ।

यो लामखुट्टे सफा पानी जमेको ठाउँ जस्तो बाटा, टायर, बाल्टिन, गमला, एयर कन्डिसनर, थोरैभन्दा थोरै पानी जम्ने बिर्को, पानी जम्मा भएको खुला ट्यांकीमा फुल पारेर आफ्नो वंशवृद्घि गर्छ।

तर यसको फुल पार्ने प्रक्रिया पनि वंशवृद्घिमा सघाउने खालको अनौठो रहेको छ । यसले सफा पानी जमेको एउटै ठाउँमा सबै फुल पार्दैन । थोरैथोरै गरी तीन–चार ठाउँमा फुल पार्छ।

वयस्क लामखुट्टेले आफ्नो जीवनकालमा हरेक ३–३ दिनमा ७ देखि ९ पटक गरी एकपटकमा एक सयदेखि डेढ सयसम्म फुल पार्छ । संक्रमित लामखुट्टेले पार्ने फुलबाट उत्पन्न सबै लामखुट्टे संक्रमित अर्थात् डेंगु रोग सार्ने क्षमताका हुन्छन्।

यो लामखुट्टै धेरै टाढासम्म जान सक्दैन । यो एक पटकमा एक सय मिटरदेखि आधा किलोमिटर टाढासम्म उड्न सक्छ।

तर यस्तो उडाइमा हावाको बहावले साथ दिए लामखुट्टे यसभन्दा टाढासमेत पुग्न सक्ने सम्भावना हुन्छ । यो लामखुट्टेको वृद्घि र विकास घरवरिपरि वा करिब सय मिटरको परिधिमा हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad