चितवन मेडिकल कलेजले विद्यार्थीसँग २९ करोड २४ रुपैयाँ ठगी गरेको छ।
एमबिबिएस अध्ययनका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ तोकेको छ। तर, चितवन मेडिकल कलेजले सरकारलाई नै एमबिबिएस अध्ययनका लागि ५८ लाख रुपैयाँ शुल्क लाग्ने पत्र पठाएको छ।
चितवन मेडिकल कलेजले कुन विद्यार्थीसँग कति रुपैयाँ ठग्यो त्यसको फेहरिस्तसहितको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
एमबिबिएस (सातौँ ब्याच) चौथो वर्ष
विद्यार्थी संख्याः ७७
सरकारले तोकेको शुल्कः ३८ लाख ५० हजार मात्रै हो।
तर, कलेजले चौथो वर्षभित्रै उठाएको रकमः ४१ लाख ७५ हजारदेखि ४४ लाख नौ हजार आठ सय रुपैयाँसम्म छ।
सो वर्ष कलेजले नियमविपरीत उठाएको रकमः तीन करोड ८४ लाख ३६ हजार दुई सय रुपैयाँ।

प्रतिक्रिया