आज (आइतबार) देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले (आइतबार बिहान)काठमाडौं उपत्यकासहित देशभर मौसम बदली छ भने पूर्व र मध्यका केही तथा पश्चिमका एक/दुई स्थानमा पानी परिरहेको छ।
दिउँसो पनि मौसम यस्तै रहने उनले बताइन्। पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन्।
उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि आज दिनभर घाम लाग्ने सम्भावना छैन।
भोलि (सोमबार) देखि भने मौसम क्रमिक रूपमा सुध्रिँदै जाने उनको अनुमान छ।
‘आजलाई मनसुन सक्रिय नै छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘ तर भोलिबाट मौसम क्रमशः सुधार हुने संकेत देखिएकाे छ।’
यस्तो छ आगामी ३ दिनको मौसमी अनुमान
असोज १२ गते आइतबार
दिउँसो : देशभरि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङसमेत पर्नेछ। पूर्व र मध्यका १/२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभरि सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने सम्भावना छ। पूर्व र मध्यका १/२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असोज १३ गते सोमबार
दिउँसो : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने सम्भावना छ।
राति : देशका पूर्व र मध्य भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत हुनेछ।
असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया