छापा खबर


काठमाडौँमा बन्दैछन् सुन्दर नौ पार्क

काठमाडौँमा बन्दैछन् सुन्दर नौ पार्क

नेपालखबर
असोज १२, २०७६ आइतबार २:२५,

काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन्।

महानगरले हरेक नगरपालिकालाई एक÷एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका खबर आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेका छन्।

उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ ।

कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र एक-एकवटा सुविधासम्पन्न पार्क बनाउने काम थालिएको छ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम उपलब्ध गराएको जानकारी दिए।

महानगर प्रमुख शाक्यले भने, “हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवद्र्धनको काम गर्दै आएका छौँ । सबै नगरपालिकालाई बराबर रकम दिएका छौँ, कसैलाई पुग्ला कसैलाई नपुग्ला तर भोलिका दिनमा समीक्षा गरेर अगाडि बढ्नेछौँ ।”

नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न ठाउँबाट ती ठाउँ हेर्न आउने छन्, यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

महानगरपालिकाको सहयोगमा अन्य नगरपालिकाले भएका खाली जमिनको सदुपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटकका सुविधाका लागि पार्क निर्माणको काम अगाडि बढाएका हुन् ।

सो रकम महानगरपालिकाले सबै नगरपालिकालाई प्रदान गरिसकेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

सोही रकम खर्च गरी सबै नगरपालिकाले आफ्नो क्षेत्रमा खाली रहेका र उपयुक्त स्थान छनोट गरी पार्क निर्माणको अवधारणालाई साकार पार्ने काम सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad