छापा खबर


महरा प्रकरण अनुसन्धान गर्न प्रहरीले गर्दैछ यस्तो तयारी

महरा प्रकरण अनुसन्धान गर्न प्रहरीले गर्दैछ यस्तो तयारी

नेपालखबर
असोज १७, २०७६ शुक्रबार १:३५,

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ।

यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझवको आधारमा फरेन्सिक जाँच गर्न लागेको हो।

अनुसन्धान अधिकृतरू बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्दा विपरीत बारम्बार फरक-फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad