कम बोल्ने तर आफ्नो काममा निरन्तर खटिरहने डा. जगन्नाथ अधिकारी नेपालको पर्यावरण, प्राकृतिक स्रोतसाधन व्यवस्थापन र आप्रवासनमाथि गम्भीर काम गर्ने प्राज्ञको रुपमा परिचिति छन्।
हाल अस्ट्रेलियन नेशनल युनिभर्सिटी क्यानबेरा, अस्ट्रेलियामा अनुसन्धानकर्ताको रुपमा कार्यरत अधिकारीले पर्यावरण, वैदेशिक रोजगार र श्रमबजार, कृषि, खाद्य र प्राकृतिक स्रोत साधनको व्यवस्थापनमाथि केन्द्रित रहेर धेरै अनुसन्धान गरेका छन्। पुस्तक र जर्नलमा प्रकाशित ती अनुसन्धान सामग्री विश्वसनीय स्रोत मानिन्छन्।
अस्ट्रेलिया जानुअघि मार्टिन चौतारी र अन्य संस्थामा आवद्ध भएर अधिकारीले ती अनुसन्धानहरू गरेका थिए।
अस्ट्रेलियामा नेपालीको जनसंख्या किन तीब्र रुपमा बढिरहेको छ? नेपाली विद्यार्थी र कामदारको अवस्था कस्तो छ? अस्ट्रेलिया गएका नेपालीले पठाएको रेमिट्यान्सले नेपालमा तिनका परिवार र देशको अर्थतन्त्रमा कस्तो टेवा पुर्याइरहेको छ? र, यसको सामाजिक आर्थिक प्रभाव कस्तो छ?
काठमाडौं आएका बेला अधिकारीसँग नेपालखबरले अस्ट्रेलिया केन्द्रित भएर लामो कुराकानी गरेको थियो। यो भिडिओ त्यसैको सम्पादित स्वरुप हो :
भिडिओ
प्रतिक्रिया