राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनस्थल भृकुटीमण्डपमा दुई पक्षबीच प्रचार प्रसारको होडबाजी चलेको छ।
अध्यक्षमा प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनका समर्थकबीच बाजागाजा र सांस्कृतिक झाँकीसहित प्रचारको होडबाजी चलेको छ।
दुवै समूहका कार्यकर्ताहरु नेवारी झाँकी र नौमत्ती बाजासहित प्रचारमा उत्रिएका छन्। चुनाव प्रचारलाई थापाले भन्दा लिङ्देनले आक्रमक बनाएका छन्।
लिङ्देनका भाइ रविन लिङ्देन पनि चुनाव प्रचारमा उत्रिएका छन्। उता कमल थापा पत्नी प्रलिता र भाइ गणेश पनि चुनाव प्रचारमा छन्।
मतदानको समय आउँदै गर्दा दुवै समूहबीच नेता तान्ने होडबाजी पनि चलेको छ। थापालाई पछार्ने दाउमा रहेका लिङ्देन पुराना नेताहरुलाई तानिरहेका छन्।
यता थापा पनि आफ्नो पक्षमा समर्थन बचाइराखेर अध्यक्षमा निरन्तरता हुने दाउमा छन्।
Shares
प्रतिक्रिया